Asked by Ram Prasad Pokhrel

on 20/5/20

मैले 5 महिना देखि Clobazam भन्ने दवाइ खाइ रहेको छु । मैले सुरुमा EPIZAM भन्ने Brand को " Clobazam" दवाइ खाइ रहेको थिए तर अहिले पछिल्लो lock down को कारणले गर्दा फरक फरक Brand वा Company को "Clobazam" दवाइ खान परेको छ। मैले EPIZAM भन्ने Brand को दवाइ 3 महिना जति खाए पछि lock down सुरु भयो पछि LOBAZAM भन्ने Brand को दवाइ 10 दिन खाए, फेरि pharmacy मा सोही Brand को दवाइ पाइएन अनि BENCLOB भन्ने Brand को " Clobazam" खाए अब फेरि सोही Brand को दवाइ pharmacy मा पाइएन अब FRISIUM भन्ने Brand को " Clobazam" दवाइ ल्याएको छु । यो lock down को समय थप भइ रहदा यस्तो फरक फरक brand को दवाइ खान परेको छ र सोही pharmacy मा एउटै किसिमको दवाइ पाइएको छैन। यस्तो फरक फरक Brand को दवाइ खान उपर्युक्त होला कि नहोला ? यस्तो Brand परिवर्तन भइ रहदा केही असर गर्छ कि गर्दैन होला ? कृपया केही सल्लाह दिनुहोस।

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

सकिन्छ भने औशधिको brand परिवर्तन गर्नु राम्रो होइन । तर औसधि नखानु भन्दा brand परिवर्तन गरेको राम्रो। अहिले मर्केटमा भएका clobazam सबै कम्पनीको औषधिको गुणस्तर राम्रा नै छन।

Answered on 21/5/20

हस धन्यवाद ।

Answered on 21/5/20

विभिन्न ब्राण्डका एउटै औसधीमा composition उही हुने भनेकाले खासै फरक पर्दैन! सकेसम्म पाइएको अवस्थामा एउटै औसधी खानु राम्रो हो ! तर ऐलेको अवस्थामा बजारमा अलिक shortage पनि होला! त्यसैले उपलब्ध ब्राण्डकै खानुभए नि फरक पर्दैन!

Answered on 21/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters