Asked by Ram Prasad Pokhrel

on 11/4/20

मेरो MRI scan report मा निम्न समस्या भेटिएको छ । यि समस्याहरु कत्तिको खतरा हुन सक्छ ? के यी समस्याले ज्यान जान सक्छ ? म एकदम राम्रो सल्लाह को खोजिमा छु MRI report ( 1. Ring shaped cortical/ subcortical lesion with eccentric dot and blooming on SWI and calcification on phase images in the left hippocampal formation with minimal peripheral gliosis/edema. Findings represent calcified granuloma most likely related to neurocysticercosis. Other diagnostic consideration is tuberculosis. 2. Mild increased signal and volume loss of the left hippocampus as compared to the right. Findings are suggestive of left mesial temporal sclerosis. Clinical correlation is suggest)

Replies to question

Post Reply

मेरो समस्या मा सल्लाह दिनु हुने सम्पुर्ण Doctor हरुलाई धेरै धेरै धन्यवाद। यो Clobazam 5 mg दवाइ धेरी लामो समय सम्म खान हुन्छ कि हुदैन होला ? मैले यो दवाइ पुस देखि बिहान साझ खाइ रहेको छु । मलाइ पछिल्लो समय देखिएको टाउको मा अप्ठ्यारो हुने समस्या clobazam ले होकि जस्तो लाग्छ । यो Mesial Temporal Sclerosis कस्तो किसिमको समस्या हो यो कुनै घातक हुन्छ कि हुदैन होला ? MRI मा Tuberculosis पनि लेखेको छ । यो Tuberculosis हो कि होइन कसरी पत्ता लाग्छ होला ? Ring shaped cortical/ subcortical lesion आदिले भविस्य मा कुनै असर गर्ला कि नगर्ला ? यी समस्या को उपचार के छ ? यदि यी समस्या सामन्य हुन भने मेरो डर कम हुने थियो।

Answered on 11/4/20
Dr. Bhupendra Shah

Internal Medicine, 10 Years of practice

Ram Prasad Pokharel ji... Hajur ko samasya maile buje... Hajur lakchan sunda suruma anxiety jasto matra lageaani gayerera sochda ani mri plus EEG ko report herda hajur ek kisim ko mirgi Rog lageko chha bhannu ma kunai sankhya rahdaina.... Mri dekhaiko report bata trasit Huna awashek nahola.. Hajur khanu vaye raheko dabai clobazam le hajur samasya kam gar chhha.. Tara nindra badi lagne vaye rahema change gareko ramro... Malai hajur ma mirgi ko samasya बाहेक अलि soche rakne समस्या पनि chhha कि जस्तो लग्यो. Tyesaile खुसीmind relax rakne kosis gardai garnu hai...

Answered on 11/4/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

राम जि, तपाईंको MRI रिपोर्ट अनुसार तपाइलाइ छारे रोग भएको हो तर तपाइलाइ एक प्रकारको द्रुलब किसिमको टाउको दुखाइ पनि छ।औषधि खाए ठिक पनि हुन्छ।यदि तपाईं काठमाडौ भित्र हुनु हुन्छ भने सोमबार वीर अस्पताल आइ देखाउनुहोस न। साथै पुरानो रिपोर्ट हरु पनि ल्याउन नबिर्सनु होला।

Answered on 11/4/20

तर doctor लाई भन्दा सब सामान्य हो डराउनु पर्दैन भनेर सल्लाह दिनु हुन्छ। बिचमा एक पटक Escitalopram भन्ने दवाइ add गर्नु भयो तर एउटा table खादा बहुत सकस भयो र अर्को दिन त्यो दवाइ stop गर्नु भयो र clobazam 5 mg नै continue गर्न भन्दै सल्लाह दिनु भयो। अहिले मलाई टाउको मा एकदम अप्ठ्यारो भइ रहेको छ। गाउमा बसाइ भएको ले र lock down ले गर्दा hospital जान सकेको छैन । मलाइ एक दम राम्रो सल्लाह चाहिएको छ । मेरो MRI मा भेटिएका समस्या कत्तिको घातक हुन वा सामान्य हुन र MRI मा भेटिएका समस्या अनुसार कुन उपचार राम्रो हुन्छ होला सब बताइ उचित सल्लाह दिएमा म एकदम आभार हुने छु।

Answered on 11/4/20

धेरै धेरै धन्यवाद Respond गरि दिनु भएको मा। मलाइ 8 वर्ष भन्दा बढी समय देखि एक किसिमको एक्कासि (attack) टाउको मा अजिव किसिमको अप्ठ्यारो हुने गर्थ्यो जुन शब्द मा व्यक्त गर्नै सक्दिन तर त्यो हुदा एक दम सकस अति सकस र अप्ठ्यारो हुने गर्थ्यो त्यस किसिमको attack 40 second भन्दा बढी सम्म हुन्थ्यो र पछि सब normal हुन्थ्यो , यस्तो किसिमको एकदमै अप्ठ्यारो हुने attack कहिले दिनको 2/3 पटक हुने गर्थ्यो भने कहिले दुई चार दिन ठिक भएर फेरि हुने गर्थ्यो तर कहिले काहीँ बढी हुदा continually दिन रात भरी 3/ 4 min को gap difference मा भै रहन्थ्यो। 8 वर्ष देखि विभिन्न hospital मा गएर उपचार गरे doctor हरुले Anxiety Disorder हो भन्दै दवाइ चलाइ रहनु भयो जुन दवाइले एक दम अप्ठ्यारो बनायो खानै नसक्ने भए तर पुरानो समस्या कहिले सन्चो भएन। र यो वर्ष मैले आफै decision गरेर MRI गरे । MRI मा माथी उल्लेखित समस्या हरु देखियो। त्यस पछि म neuro doctor सग check up start गरे। Doctor ले 1 hour VEEG गर्न सल्लाह दिनु भयो र सो गर्दा EEG report मा Abnormal : IEDs : Left anterior temporal ( Abnormal VEEG record ) देखियो त्यस पछि doctor ले Clobazam 5 mg दिनको दुई पटक खाने सल्लाह दिनु भयो र म अहिले दिन महिना देखि Clobazam 5 mg दिनको दुई पटक खाइ रहेको छु। अहिले माथी उल्लेख गरेको अजिव किसिमको continually हुने attack हुने समस्या भएको छैन तर अहिले टाउको मा अर्कै किसिमको अप्ठ्यारो भै रहन्छ, अहिले टाउको मा मुटु को जस्तो धड्कन महसुस हुने, टाउको को दाइने भाग र पछिको भागमा अप्ठ्यारो हुने, हल्का टाउको दुखी रहने, करेन्टको झडका लागे जस्तो अनुभव हुने , टाउको को पछाडी को भाग कति बेला निदाएको जस्तो महसुस हुने, मुटुको धडकन एक्कासि बढने, मुटु चेक गर्दा सब normal छ , मुटुको धड्कन सगै शरीर नै हल्लिएको जस्तो हुने, शरीर बेला बेला मा एक दम तात्ने , पसिना आउने र शरीर चिसो हुने , राती मा एक्कासि निद्रा खुल्ने र निद्रा नलाग्ने, आखाले धमिलो धमिलो देख्ने , fresh mood नहुने, यी सब clobazam दवाइ सुरु गरे पछि भएको छ

Answered on 11/4/20

MRI report मात्र भन्दा पनि तपाईलाई के भईरहेको छ कुनै लक्षण छ कि नाइँ सबै कुरा थाहा भए प्रस्ट सल्लाह दिन सजिलो हुनेथियो! कुनै समस्या भए कति भयो त्यस्तो भएको? कता देखाउनुभयो, कुनै औसधी खाइरहनुभेको छ कि नाइँ सबै कुरा लेख्नुहोला!

Answered on 11/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters