Asked by Anonymous User

on 23/4/20

नमस्ते डाक्टर, मेरा श्रीमती लाई गएको दुई हप्ता देखि पेटको माथिल्लो भाग बिचमा धेरै दुख्ने,ध्याउ आउने, खान मन नलाग्ने समस्या भएको छ। अहिले उनी छ हप्ताको गर्ववति छिन्। यो हाम्रो पहिलो सन्तान हो। डाक्टरको सल्लाह बमोजिम उनिले Pantop दुई दिन लिईन अलि निको भको जस्तो थियोे फेरि दुखाइ बढिरहेको छ। दुखाइको कारण खान, सुत्न सकिरहेको छैन।मैले प्रसुति गृहमा सम्पर्क गरेर समस्या बताए उहाहरूले यो समस्या pregnancy सम्बन्धि नरहेको बताउनु भयो।यस्तो भएको आज १५ दिन भयो। कुनै आैषधी दिईएको छैन। यस्तो अवस्था के गर्ने होला? कस्ता उपचार गर्नु पर्ला? सल्लाह सुझाब दिनुभए आभारि हुने थिए।

Replies to question

Post Reply

Thank you, so much!

Answered on 23/4/20

त्यो समस्या ग्यास्ट्राइटिस नै भएको हुन सक्छ! पानी प्रसस्त खानुहोला! चिल्लो पिरो अमिलो कम खानुहोला र खाली पेट सकेसम्म नबस्नुहोला! केहि समय त्यो पहिले खानुभएको औसधी खान सकिन्छ! थप पेट रोग विशेसग्य संग अनलाइनमा च्याट गरेर जानकारी लिन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe

Answered on 23/4/20

Post your Reply

Press Here to type in नेपाली ➤