Asked by Anonymous User

on 21/4/20

hello doctors ma 17 barsa ko kta hu mero nipples swell huna thaleko 3-4 maina vaisakyo tarw press garesin matrai dukhxa discharge hudena kehi testo lump haru pani kehi dekhdina tyo swell vako area press garda dukhxa ani ekaixin press garirakhyo vane swelling haraunxa rw normal feel hunxa doctor ko ma gako xaina

Replies to question

Post Reply

कतिपय कुरा लक्षणले मात्र भन्न सकिन्न । एकपटक छामेर जाच गरेपछी, ल्याब टेस्ट, भिडियो एस्क्स रे आदि गरेपछि मात्र यकिन भन्न सकिन्छ । ठिकै रहेको र तपाइलाई आफै वा यसै केहि सुन्निएको झै पनि लागेको हुन सक्छ । तौल बढी छ भने बोसोको कारणले ठूलो भएको नि हुन सक्छ । वा कुनै मासु पलाएको नि हुन सक्छ । हर्मोनको कारणले नि हुन सक्छ। तपाइँले भन्नुभएको लक्षणले मात्र यहि भएको भनेर भन्न अलिक गाह्रो हुन्छ । त्यसैले ऐले धेरै तनाब नलिइकन पछि अस्पताल खुलेपछि गएर परिक्षण गराउनु नै राम्रो हुन्छ । धन्यवाद

Answered on 22/4/20

yedi atleast maile aafno rog ko ya state ko description dida pani doctor le huna sakne disease ya k k garnu navanne vaye yo app vayekai k kaam ?

Answered on 22/4/20

ऐले इमर्जेन्सी नभएको ले तुरुन्त खासै केहि गर्न नपर्ला! बन्द खुलेपछि एकपटक अस्पताल गएर डाक्टरको सल्लाहमा भिडियो एक्स रे लगायतका जाचहरु गरेर के भएको रैछ भनेर यकिन गर्न सकिन्छा! थप अनलाइन च्याटमार्फत आफ्नो समस्या राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤