Asked by bikash karki

on 17/4/20

नमस्कार मलाई 3-4 दिन देखि पेट ढुस्स हुने र सास लिदा भित्र सम्म नपुगे जस्तो हुने हुन्छ ग्यस्टृक हो कि भनेर ग्यस्टृक को दबाई पनि खाए केहि बिसेक भएन यो के कारणले हुन्छ र यसको समधान के हो ? उचित परामर्सको अपेक्षा गर्दछुल

Replies to question

Post Reply

अस्पतालमा इमर्जेन्सीमा देखाएर केहि छैन भन्नुभएको भए त्यस्तो ठूलो समस्या नहोला! यस्तो समस्या सन्चो हुन समय लाग्छ! केहि समय खाइरहको औसधी खानुहोस! पानी प्रसस्त खानुहोस ! सन्चो नभएमा एकपटक अस्पताल खुलेपछि गएर परिक्षण गराउनुहोला!

Answered on 19/4/20

खोकी अमिलो पानी आउने केही छैन । 3-4 दिन अगाडि ने च्युरा नास्ता खाएको थिए त्यही देखि येस्तो समस्या सुरु भो । मेरो पहिलेको समस्या भनेको नाक र घाटिको एलर्जी थियो। देब्रे साईटको छाती अलि अलि दुखेको महसुस हुन्छ ।ग्यास्टृकको दबाई ले पनि केही बिसेक भयेको छैन। यस्तो समयमा हस्पिटलमा पनि कोहि बिसेसज्ञ भेटिदैन। हस्पिटलमा गै इमर्जेन्सिमा देखाको थिये केही होइन डराउनु पर्दैन भन्नू हुन्छ। उचित राय पाउन सकिन मैले कसरी राय पाउन सक्छु?

Answered on 18/4/20

खोकी, अमिलो पानी आउने केहि छ? खानपीनमा केहि गडबडी भएको थियो कि ? पानी बढी खानुहोला, चिल्लो पिरो अमिलो कम गर्नुहोला! खाइरहेको ग्यास्ट्रिकको औसधी केहि समया खाइरहनुहोला! थप पेट रोग विशेसज्ञसग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/gastro-liver-kidney-urology-health

Answered on 18/4/20

Post your Reply

Press Here to type in नेपाली ➤