Asked by Anonymous User

on 14/8/19

मेराे छाेरी ६ बर्षकाे छिन उनी बेलाबेला पेट दुख्याे भनिरहन्छिन मैले १/२ जना बच्चाको डाक्टरलाई पनि देखाए उहाँहरूले खासै केहिभाकाे छैन अात्तिनु पर्दैन कहिलेकाही यस्ताे हुन्छ जङ्कफुडले हुन सक्छ भनेर केही अाैषधि दिनुभएन तर उनी कहिलेकाही स्कुल जान सक्दिनन यस्तै रह्यो भने उनकाे पढाइमा पनि असर पर्छ त्यसैले कृपया के कारणले यस्तो हुन्छ कसरी ठिक हुन्छ या कुन डाक्टरको मा लाने भन्दिनु भए अाभारी हुनेथिए।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । बच्चाहरुमा कहिलेकाही पेट दुख्ने समस्या त्यही जन्क फुड, अपच आदिको कारणले हुन सक्छ । तर चिच्याएर रोएमा, पखाला लागेमा, बान्ता गरेमा वा राम्रोसँग नखाएमा अन्य कारन पनि हुन सक्छ । एकपटक अस्पताल गएर चिकित्सकलाई देखाइ भिडियो एक्स्रे तथा अन्या जाचहरु आवश्यक पर्छ । राम्रोसँग खाइरहेको छ, ती लक्षणहरु छैन भने त्यति आत्तिन पर्दैन । थप केही समस्या भए अस्पतालमा बालबिषेशज्ञलाई देखाउनुहोला।

Answered on 14/8/19

Post your Reply

Press Here to type in नेपाली ➤