Asked by Nirmal Shahi ,23 years

on 26/4/18

मेरो समस्या १ महिनामा एक पटक मुखमा घाउ हुने Aphthous ulcers भएर ७ दिन antibiotic खाने गर्छु I यो प्रक्रिया बिगत २ बर्ष देखि चलिरहेको छ . मैले ENT specialist ENT हस्पिटल पुरानो बसपार्क , भक्तपुर क्यान्सर हस्स्पिटल सिभिल हस्पिटल मा फिजिसियन डाक्टर संग देखाई सके तर सबै डाक्टरले antibiotic र betadin दिएर पठाउने गर्नु हुन्छ र त्यहि खान्छु औसधि खाए पछी सन्चो हुन्छ I फेरी १५ / २० दिन पछी त्यहि समस्या आउछ . म antibiotic र betadin देखि हैरान भैसके यसको दिर्घकालिन समाधान के हुन् सक्छ .

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । Apthus ulcer दोहोरिरहने समस्या हो । केही समयको लागि सन्चो भएपनि फेरि दोहोरिने गर्दछ । यसबाट बच्नको एउटा उपाय दात तथा मुख सफा राख्नु पनि हो । त्यो ulcer भएको ठाउमा खाना र अन्य फोहोर नअड्काउनुहोला । केही समयको लागि बिटाडिन गार्गलले मुख सफा गर्नु उपयुक्त हुन्छ । लामो समयको समस्याको लागि केही immunosupressant औसधिहरु प्रयोग गर्न सकिन्छ। त्यसको निम्ति सम्बन्धित दातको वा नाक कान घाटीको डाक्टरसंग सल्लाह लिनुहोला। शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 28/4/18
Anonymous User

Dermatology

Aphthae are usually minor ones(<1cm size) They respond to antibiotics, vitamins, and creams. But if it comes frequently, you can try immunomodulator medicines. They can be written only on prescription

Answered on 28/4/18
Anonymous User

Emergency Medicine & GP

यो धेरै जसो देखिने समस्या हो! धेरै जसो दात को कारण ले , दाँतमा समस्या देखिएर हुन्छ! एक पल्टतपाइको दाँत देखाउन सल्लाह दिन्छु! यस्तै कुरा अरु कारणले नि हुने भएकोले फिजिसिअन, gastroenterologist को सल्लाह लिनु होला! एन्टिबायोटिक प्रयोग नगरेकै राम्रो!

Answered on 26/4/18

Post your Reply

Press Here to type in नेपाली ➤