आज विश्व फिजियोथेरापिस्ट दिवस, फिजियोथेरापी सम्बन्धी जनचेतना जगाउने उदेश्यका साथ मनाइँदै छ । कतिपय मानिसमा शरीरका विभिन्न अंगको शल्यक्रियापछि हड्डीमा समस्या, जोर्नी नचल्ने हुन सक्छ । कतिपयका विभिन्न कारणले मांसपेसी, हड्डी, जोर्नीमा क्षति पुगेर पनि समस्या भइरहेको हुन्छ । यस्ता समस्या समाधानको लागि फिजियोथेरापी उपयुक्त हुन्छ । फिजियोथेरापी धेरै प्रकारका हुन्छन् । त्यसमध्ये एक हो अर्थाेपेडिक फिजियोथेरापी । यसअन्तर्गत शरीरको पोस्चर मिलाइनेलगायतका काम पर्छन । घुँडा खिइएको अवस्थामा वा मांसपेसी कमजोर हुने समस्या पनि फिजियोथेरापीले निकै राहत पु¥याउँछ । फिजियोथेरापिष्ट अर्मेन्द्र झाका अनुसार फिजियोथेरापीबाट ९९ प्रतिशतसम्म पहिलेको अवस्थामा बिरामीलाई ल्याउन सकिन्छ । यसको कुनै साइडइफेक्ट छैन । फिजियोथेरापी सिकेर घरमा आफैले पनि गर्न सकिन्छ । हड्डीमा समस्या आए फिजियोथेरापीले कसरी ठिक पार्न सकिन्छ भन्ने बारे डा. झाले दिएको भिडियो सन्देश यसप्रकार छ :
Profile
- Qualification - N/A
- Speciality - Physiology
- Website - N/A