CT- scan and MRI centers in Kathmandu
6 November, 2020CT- scan and MRI centers in Kathmandu...
Read Moreबिहान :
Step 1: मुख धुने: कुनै राम्रो क्लिन्जर अथवा फेसवाश प्रयोग गरी मन तातो पानी ले मुख धुने ।धोइसकिसके पछी टावल ले नरगडी बिस्तार पुछ्ने । बजारमा पाइने सस्ता फेसवाश या क्लिन्जर प्रयोग नगरि औषधी पसलमा पाइने प्रयोग गर्ने । acneclear, cetaphil, ethiglo ,cetaphil dam, acnemoist, acmoist केहि राम्रा उदाहरण हरु हुन । आफ्नो छाला लाई सुट गरेन भने चेन्ज गर्ने । छाला सेन्सिटिभ छ भने alcohol र बास्ना नभएका fragrance free प्रयोग गर्ने
Step 2: यदी सकिन्छ भने Vitamin C serum प्रयोग गर्ने । यसमा भएको एन्टी अक्सिडेन्ट ले छाला लाई बुढो हुनबाट जोगाउने काम गर्दछ । glutaday serum, glutacom, cglos केहि राम्रा उदाहरण हरु हुन ।
Step 3: मोइस्चराइजर (moisturizer} प्रयोग गर्ने । सबै प्रकारका छाला र जुन सुकै उमेर का ब्यक्ती हरुले पनि मोइस्चराइजर प्रयोग गर्दा राम्रो हुन्छ । तेल रहित oil free मोइस्चराइजर प्रयोग गर्दा छालाका छिद्र हरु नटालिने हुनाले oil free अथवा non comedogenic प्रयोग गर्ने ।
Step 4: अब सन्स्क्रीन प्रयोग गर्ने । oily छाला छ भने जेल प्रकारको सन्स्कृन प्रयोग गर्ने र dry छाला छ भने क्रीम प्रकारको सन्स्कृन प्रयोग गर्ने । 30+ वा माथिको SPF भएको सन्स्कृन प्रयोग गर्ने । बजारमा पाइने सस्ता सन्स्कृन प्रयोग नगर्ने । औषधी पसल मा पाइने जस्तै कि raystop, rayshield, shadow gel, uvel, uvicoz aqua gel. अब यसपछी तपाइँ आफ्नो रेगुलर मेक अप हरु गर्न सक्नु हुन्छ ।
दिउंसो:
मन तातो अथवा चिसो पानी ले मात्र मुख धुने अथवा क्लिन्जर वा फेशवाश प्रयोग गरी मुख धुने र तेसमाथी फेरी मोइस्चराइजर र सन्स्कृन लगाउने । घाममा निक्लिनु पर्ने भए हरेक ३ घन्टामा सन्स्कृन लगाउने ।
राती सुत्नु अघि:
मेकअप नपखाली कहिलेइ नसुत्ने । क्लिन्जर वा फेशवाश ले मुख धोएपछी फेरी भिटमिन C Serum र मोइस्चराइजर लगाएर मात्र सुत्ने । सुत्नु एक घन्टा अगाडी पानी नखादा आखा मुनी सुन्निने पनि कम हुन्छ ।
अन्य कुराहरु:
दिनको ४ लिटर पानी खाने, प्रसस्त फलफुल खाने ।
चुरोट कहिलेइ नखाने र अल्कोहल पनि दिनको एक ग्लास भन्दा बढी नखाने ।
निद्रा राम्रो सँग पुर्याउने र राती अबेर सम्म मोबाइल TV नहेर्ने ।
घरेलु उपचार र पत्र पत्रीकामा आउने ज्ञारेन्टी उपचार को पछी नलाग्ने ।
छालामा समस्या देखिएमा वा बिस्तृत परामर्ष चहिएमा हाम्रा बिशेषज्ञ डाक्टर हरु सँग भेटी परमर्ष गर्न सक्नुहुन्छ । Kathmandu Clinic of Cosmetic Surgery, Anamnagar. Ph. 014771045 or 9860777206. Website: www.skinandcosmetic.com
Leave a comment